Section 144
सूचना दिनु पर्ने
(१) खराब आचरणमा कारबाही भई रोजगारी अन्त्य भएकोमा बाहेक अन्य अवस्थामा रोजगार सम्बन्ध अन्त्य गर्नु
अघि रोजगारदाता वा श्रमिकले एक अर्कोलाई देहाय बमोजिम सूचना दिनुपर्नेछ ः-(क)चार हप्तासम्मको रोजगारीको हकमा
कम्तीमाएक दिन अगावै ,
(ख)चार हप्तादेखि एक वर्षसम्मको रोजगारीको हकमा कम्तीमा सात दिनअगावै, र(ग)एकवर्षभन्दा बढी अवधिको रोजगारीको हकमा कम्तीमा तीस दिन अगावै ।
(२) रोजगारदाताले उपदफा (१) बमोजिमको सूचना नदिई रोजगारी अन्त्य गरेमा त्यसरी सूचना दिनु पर्ने अवधिको पारिश्रमिक सम्बन्धित श्रमिकलाई दिनु पर्नेेछ ।(३) श्रमिकले उपदफा (१) बमोजिम रोगारदातालाई सूचना नदिई रोजगारी अन्त्य गरेमा त्यसरी सूचना दिनु पर्ने अवधिको पारिश्रमिक बराबरको रकम रोजगारदाताले सम्बन्धित श्रमिकले पाउने पारिश्रमिकबाट कट्टा गर्न सक्नेछ ।